चितवन विशेष

उद्योगी राजु पौडेल भरतपुर अस्पतालको अध्यक्षमा नियुक्त

Banner

चितवन, पुस १३–

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पौडेललाई अध्यक्षमा नियुक्त गरेको मन्त्रालयका सचिव रोशन पोखरेलले जानकारी दिए ।

पौडेल फ्रेन्ड्स अफ भरतपुर अस्पतालको संयोजक समेत हुन् । उक्त संस्थामा रहेर पौडेलले भरतपुर अस्पतालको विकासमा योगदान दिंदै आएका थिए । भरतपुर अस्पतालको अध्यक्ष हुँदा डा.भोजराज अधिकारी राजीनामा दिएर चुनाव लड्न गएपछि उक्त पद रिक्त थियो ।

डा.अधिकारी मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट चुनाव लड्दै पराजित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>