Breaking News
बालबालिकालाई पोलियो खोप लगाउने समय परिवर्तन
०

काठमाडौं, पुस १३–
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ। यसअघि एक वर्षमुनिका बालबालिकालाई छ हप्ता र १४ हप्तामा लगाइने गरेको खोप अब १४ हप्ता र नौ महिनामा दिन लागेको हो।
मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले खोपविज्ञको सुझावका आधारमा खोप लगाउने समय परिवर्तन गरेको जानकारी दिए। एक वर्षको उमेरमा खोप लगाउन छुटे पनि पाँच वर्षभित्र खोप लगाउन सकिने उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























