चितवन विशेष

सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा शान्ता थापा विक

Banner

चितवन, पुस १२-

सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा शान्ता थापा विक सर्वसम्मत रूपमा चयन भएकी छन् ।

सुनचाँदी व्यवसायी महिला समूह चितवनको सोमबार सम्पन्न १० औं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनबाट अध्यक्ष थापा चयन भएकी हुन् । थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत घोषणा भएको छ ।

समितिमा निवर्तमान अध्यक्ष रूपा बराली पदेन रहने गरी वरिष्ठ उपाध्यक्षमा कल्पना गोतामे, उपाध्यक्षहरुमा सरिता भट्टराई घताने, यशोदा सेन्चुरी, महासचिवमा सिता सदाशंकर, प्रवक्तामा मिना घिमिरे, सचिवमा मञ्जु घताने विश्वकर्मा, कोषाध्यक्षमा विष्णु खाती, सहकोषाध्यक्षमा जुना सुनार, कार्यसमिति सदस्यहरूमा शारदा बराली, गंगा रामदाम सुनार, रचना सेन्चुरी, मना बराली, जमुना सेन्चुरी, मिना शाक्य, धनु पोखरेल, आशा सेन्चुरी, पशुपति सेन्चुरी रहेका छन् ।

दुई वर्षे कार्यकालका लागि अध्यक्ष थापाको नेतृत्वमा समिति सर्वसम्मत घोषणा भएको निर्वाचन समितिका संयोजक चित्रबहादुर खाती विश्वकर्माले जानकारी दिएका छन् । नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको सपथ निर्वाचन समितिका संयोजक विश्वकर्माले गराउँदै प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष थापा वि.सं २०६८ सालमा गठित सुनचाँदी व्यवसायी महिला समूह चितवनको संस्थापक सचिव हुँदै निरन्तर विभिन्न पदहरुमा क्रियाशील रूपमा सक्रिय रहँदै आएकी छन् । सुनचाँदी व्यवसायी महिला समूह चितवन मुलुकभरको सुनचाँदी व्यवसायी महिला समूहहरू मध्य जेठो संस्था हो । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको मातहतमा रहनेगरी सुनचाँदी व्यवसायी महिला समूह चितवन गठन भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली सुनार प्रमुख अतिथि रहेको कार्यक्रममा सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्ष रूपा बरालीको अध्यक्षता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>