चितवन विशेष

अधिकृत व्यवसायी सङ्घ चितवनमा प्रधानको नेतृत्व

Banner

चितवन, पुस ११–

अधिकृत व्यवसायी सङ्घ चितवनको अध्यक्षमा नारायण प्रधान निर्वाचित भएका छन् ।

संघको १५ औं वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट नारायणगढका व्यवसायी एवम् सामाजिक व्यक्तित्व प्रधान निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका संयोजक प्रद्युम्न सापकोटाले दिएको जानकारी अनुसार अधिवेशनमा नेपाल वितरक महासङ्घका अध्यक्ष हरिराज पन्त प्रमुख अतिथि रहेका थिए । संघको कार्यसमितिमा रामजी घिमिरे, मनोज रौनियार, शम्भुलाल श्रेष्ठ, कुलप्रसाद अधिकारी, निरेशकुमार सिंह, निर्मल ढकाल, मनोज न्यौपाने, राहुल अग्रवाल र उद्धवप्रसाद अधिकारी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>