Breaking News
जनमत पार्टीको भागमा उद्योग मन्त्रालय, उपाध्यक्ष अब्दुल खान मन्त्री बन्ने पक्का
०

काठमाडौँ, पुस ११–
अन्ततः सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागि हुने भएको छ ।
जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने सहमति भएको हो । संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको स्रोतले बताएको छ ।
यससंगै पार्टीका उपाध्यक्ष अब्दुल खान मन्त्री बन्ने पक्का भएको छ । राउत आफू सरकारमा नगई उपाध्यक्ष खानलाई पठाउन लागेका हुन् । अध्यक्ष राउतले सांसदको रुपमा धेरै काम गर्न नसकिने भएकाले सरकारमा जान लागेको बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























