चितवन विशेष

भरतपुरमा घरटहरा भत्काएकोमा नेपाल घर बहाल मञ्चको विरोध

Banner

चितवन, पुस १०–

भरतपुरका विभिन्न क्षेत्रमा सडक विस्तारको लागि आकस्मिकरुपमा बलपूर्वक व्यवसायिक भवनमा डोजर चलाइएको भन्दै नेपाल घर बहाल मञ्च चितवनले विरोध गरेको छ ।

मञ्चले आज एक विज्ञप्ति जारी गर्दै व्यवसायिक भवनहरुमा डोजर प्रयोग गर्दा नारायणगढका व्यवसायिहरुलाई असर परेको भन्दै विरोध गरेको हो ।
विज्ञप्तिमा सरोकारवाला निकायहरुबीच यथोचित समन्वय र सहजीकरण नभई आकस्मिक रुपमा बलपूर्वक व्यवसायिक भवनमा तोडफोडका गरिएको कारण बजार तथा व्यवसायिकस्थल अस्त ब्यस्त भएको जनाइएको छ । जसको कारण बजार खण्डहरमा परिणत भएकोले यस निन्दनीय कार्यको मञ्चले विज्ञप्तिमा घोर भत्सर्ना गरेको छ ।

विज्ञप्तिमा लामो समयदेखि कोभिड संक्रमण, विशाल शक्तिशाली राष्ट्रहरु बीचको आणविक युद्धका कारण विश्व अर्थतन्त्रमा पर्न गएको आर्थिक मन्दीका बीच बैँक तथा बित्तीय संस्थाले गरेको ब्याज वृद्धिका कारण समपूर्ण व्यवसाय, उद्योग, कलकारखाना धरासायी बनेको जनाइएको छ । देशको यस्तो अवस्थामा सरोकारवाला निकायहरु माझमा उचित अन्तर संवाद, सहजीकरण र स्पष्ट सूचना बिना डोजर चलाइएको यस कदमबाट आर्थिक, व्यवसायिक तथा सर्वसाधारण नागरिकहरु पीडामा रहेको मञ्चको भनाइ छ ।

त्यस्तै मञ्चले व्यवसायी, घरधनी एवम् संघ संस्थाहरु प्रति सहनुभूति प्रकट गर्दै यस प्रतिकुल अवस्थामा आपसी सहयोग र सद्भावका लागि अपिलसमेत गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>