चितवन विशेष

भरतपुरको ज्योतिनगरमा ७७ जनाले गरे रक्तदान

Banner

चितवन, पुस १०–

नेपाल रेडक्रस सोसाइटी उपशाखा दिव्यनगरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् ।

ज्योतिनगर बजारमा भएको रक्तदान कार्यक्रममा ६८ जना पुरुष र ९ जना महिला गरी ७७ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर–२६ का वडाअध्यक्ष ज्ञानप्रसाद खनालले जिल्लामा रगतको अभाव हुँदै जादा रक्तदान जस्तो पुण्य कार्य गरेकोमा नेरेसो दिव्यनगर उपशाखालाई आभार व्यक्त गरे । रगत दान भन्दा ठूलो अरु दान हुन नसक्ने बताउँदै उनले यस्ता सामाजिक कार्यमा आफू र वडाले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका अध्यक्ष नेरेसो दिव्यनगर उपशाखाका सभापति जिवाखर ढकालले आफ्नो अमुल्य रगत दान गर्ने स्वयंसेवक, रक्तदाता लगायत अन्य सहयोगीहरुलाइ धन्यवाद दिए ।

कार्यक्रममा कांग्रेस दिव्यनगरका सभापति पुरुषोतम ढकाल, दिव्यज्योति जुनेली साकोसका अध्यक्ष भरतकान्त अधिकारीलगायत अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमलाई नेरेसो उपशाखा दिव्यनगरको उपकोषाध्यक्ष लोकनाथ पौडेलले सहजीकरण गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>