चितवन विशेष
सप्तगण्डकी क्याम्पस प्राध्यापक कर्मचारी कल्याण कोषमा पुन:डा यमबहादुर विश्वकर्माको नेतृत्व

चितवन, पुुस १०-
भरतपुरको सप्तगण्डकी प्राध्यापक तथा कर्मचारी कल्याण कोषको संयोजकमा पुन डा यमबहादुर विश्वकर्मा चयन भएका छन् ।
कोषको आज सम्पन्न २७ औं वार्षिका साधारण सभा तथा अधिवेशनले विश्वकर्मालाई संयोजकमा चयन गरेको हो । अधिवेशनले कोषको सचिवमा हरिहर न्यौपाने, कोषाध्यक्षमा तोयानाथ भट्टराई, सदस्यहरुमा सरिता चापागाई, रुद्रप्रसाद चालिसे, रविराज सुवेदी र विश्वराज सुवेदी चयन भएका छन् ।
त्यसैगरी अधिवेशनले कोषले लेखा समितिमा देनप्रसाद लामिछानेको संयोजककत्वमा पदमलाल भारती र लक्ष्मी पोखरेललाई चयन गरेको छ ।
अधिवेशन तथा साधारणसभाको उद्घाटन क्याम्पस प्रमुख मणिराज महतोले गरेका थिए । डा यमबहादुर विकेको अध्यक्षतामा भएको साधारण सभामा सचिवको तर्फबाट नरेन्द्र कँडेलको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन तोयानाथ भट्टराईले प्रस्तुत गरेका थिए । अधिवेशनमा सहायक क्याम्पसप्रमुखहरु खिमलाल दाहाल र टिकाराम देवकोटा, सप्तगण्डकी प्राध्यापक संघका सभापति नारायणप्रसाद रेग्मी, क्याम्पसका कार्यक्रम प्रमुखहरु गोबिन्दप्रसाद पराजुली र सागर अधिकारी, कर्मचारी संघको तर्फबाट कृष्ण भुसाल लगायतको सहभागिता रहेको थियो ।
अधिवेशनको अवसरमा क्याम्पसका प्राध्यापक र कर्मचारीहरुको बीचमा भएको खेलकुद प्रतियोगितामा पुरुष सटफुट प्रतियोगितामा भूपेन्द्र खड्का, महिला सटफुटमा सीता अधिकारी सापकोटा, घैटो फुटाई प्रतियोगितामा विष्णु ज्ञवाली र म्युजिकल चेयरमा पूजा आचार्य विजयी भएका थिए । विजयी कर्मचारी र प्राध्यापकहरुलाई क्याम्पस प्रमुख महतोले पुरस्कार प्रदान गरेका थिए । प्राध्यापक तथा कर्मचारी कल्याण कोषमा प्राध्यापकहरु र कर्मचारी गरेर ८१ जना साधारण सदस्य रहेका छन् ।
























