भरतपुर

तारापुञ्ज साकोसको अध्यक्षमा सुदिप रेग्मी

Banner

भरतपुर, पुस १०–

तारापुञ्ज बचत तथा ऋृण सहकारी संस्थाको अध्यक्षमा सुदिप रेग्मी निर्वाचित भएका छन् । साकोसको १३औँ साधारणसभा तथा पाचौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि रेग्मी निर्वाचित भएका हुन् ।

साकोसको उपाध्यक्षमा रेगन पन्त, सचिवमा श्रीराम देवकोटा, कोषाध्यक्षमा रमेश तिवारी, सह–सचिवमा लक्ष्मी अधिकारी निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा सुरेस न्यौपाने, माधव आचार्य, मोहन बोखरेल, रिना कोइराला, शोभा थापा, लक्ष्मी लामिछाने निर्वाचित भए ।

साकोसको लेखा समिति संयोजकमा निरज पन्त र सदस्यमा लक्ष्मण गौतम र दुर्गा रानाभाट चयन भए । नेफ्स्कुनका अध्यक्ष परितोस पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा साकोसका एक हजार ५५६ शेयर सदस्य सहभागी थिए । साकोसमा एक हजार ८९० शेयर सदस्य आबद्ध छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>