Breaking News

भरतपुरका अवैध संरचनामा आज पनि डोजर चलाइँदै

Banner

चितवन, पुस १०–

सडक डिभिजन भरतपुरले आज पनि भरतपुरका अवैध संरचनामा डोजर चलाउँदै छ । शनिबार नारायणगढका अवैध संरचना भत्काएर सकेको सडक डिभिजनले आज लायन्सचोक देखि हाकिमचोक सम्मका अवैध संरचना भत्काउने भएको हो ।

सडक अधिकार क्षेत्रमा परेका घरटहरा आज पनि भत्काइने सडक डिभिजनका इन्जिनियर सागर कार्कीले जानकारी दिएका हुन् ।

यतिबेला पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने पुलचोक–गोन्द्राङ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने काम भइरहेको छ । भरतपुर महानगरपालिकाभित्र पर्ने यस सडक खण्ड विस्तारपछि यातायात सञ्चालन र बजार व्यवस्थापन सहज हुने विश्वास गरिएको छ ।

रागमार्गको केन्द्रबाट दायाँ बायाँ ३१÷३१ मिटरसम्मलाई सडक अधिकार क्षेत्र मानिने सडक ऐन २०३१ मा उल्लेख छ । सडक ऐन अनुसार सडक अधिकार क्षेत्रभित्रका घरहरु भत्काइएको सडक डिभिजनले बताउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>