चितवन विशेष
गुञ्जनगर माविमा झोला वितरण
०

चितवन, पुस ९-
चनौलीमा रहेको भाषा स्कुल बेस्ट डेष्टिनेशन एजुकेसन कन्सल्टेन्सीले गुञ्जनगर माविमा झोला वितरण गरेको छ ।
पश्चिम चितवनमा रहेका सामुदायिक विद्यालयहरुमा झोला वितरण कार्यक्रमको सुरुवात गुञ्जनगरबाट गरिएको कन्सल्टेन्सीले जानकारी दिएको छ । स्थापन कालदेखि नै विविध सामाजिक गतिविधिमा अग्रसर रहेर आफ्नो आफ्नो उत्तरदायित्व पूरा गर्दै आएको कन्सल्टेन्सीका प्रबन्धक निर्देशक संजय कुँवरले जानकारी दिए ।
कोरोनाको महामारीमा पनि विपन्न समुदायका व्यक्तिहरुलाई खाद्यान्न तथा पोसाक वितरण गर्दै आएको कुँवरले बताए । संस्थाका बारेमा प्रकाश पार्दै कुँवरले आवश्यकता अनुसार विभिन्न कार्यक्रम गर्दै जाने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णभक्त वाग्ले, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























