चितवन विशेष

नारायणगढमा डोजर चलाएको भन्दै उवासंघ चितवनको विरोध,व्यवसायीलाई आतंकित नबनाउन चेतावनी

Banner

चितवन,पुस ८-

नारायणगढमा नक्सापास भएका घरमा डोजर लगाएको भन्दै उद्योग वाणिज्य संघ चितवनले विरोज जनाएको छ । आज (शुक्रबार) साँझ एक विज्ञप्ती जारी गर्दै संघका अध्यक्ष चुन नारायण श्रेष्ठले पुल्चोकदेखि गोन्द्राङ सम्ममा नक्सापास एवं निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त व्यवसायिक भवनमाथि सडक विस्तारका नाममा डोजर चलाइएको भन्दै विरोध जनाएका छन् ।

उनले भनेका छन्,‘कोभिड पछिको आर्थिक मन्दीका कारण नराम्रोसंग प्रभावित भएको उद्योग व्यवसायमा अनुचित तरिकाले सटरमा डोजर लगाउने कार्यले व्यवसायीहरु आतंकित हुनुका साथै विस्थापित हुने अवस्थामा पुगेका छन् ।’ डोजर लगाएर संरचना भत्काउने कामको घोर भत्र्सना गर्दै उक्त कार्य तत्काल बन्द गर्न उद्योग वाणिज्य संघ चितवनले माग गरेको छ । साथै संघले तोडफोड भएका घरधनीलाई यथोचित न्याय गरिदिन अनुरोध समेत गरेको छ ।

विज्ञप्ती हेर्नुहोस्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>