Breaking News

गठबन्धनकै सरकार बन्छ, पहिलो प्रधानमन्त्रीबारे सल्लाह हुँदैछः प्रचण्ड

Banner

काठमाडौं,पुस ७-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्। संघीय संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहपछि संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। नयाँ बन्ने सरकारको प्रधानमन्त्री को बन्ने भन्नेबारेमा गठबन्धनका सल्लाह भइरहेको प्रचण्डले बताए।

जसरी निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सफल भयो त्यसैगरी सरकार पनि बन्ने उनले विश्वास व्यक्त गरे। ‘सबै प्रक्रिया सहज ढंगले अघि बढेको छ। निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो,’ उनले भने, ‘आज सपथ ग्रहण पनि सफलतापूर्वक सम्पन्न भयो। अब सरकार पनि त्यसैगरी गठन हुन्छ। सरकार यही गठबन्धनको बन्छ।’ पहिलो प्रधानमन्त्रीबारे संचारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले भने, ‘हामीले को प्रधानमन्त्री बन्ने भन्नेबारेमा सल्लाह गर्दैछौं।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>