अन्तर्राष्ट्रिय

विश्वकपको विजय उत्सव मनाउँदा अर्जेन्टिनामा १ जनाको मृत्यु, ५ जना कोमामा

Banner

काठमाडौं, पुस ६-

विश्वकप फुटबलको उपाधी जितेर अर्जेन्टिना पुगेको टिमको समर्थनमा खुसीयाली मनाउने क्रममा १ जनाको मृत्यु भएको छ । अरु ५ जना कोमामा गएका छन् । उफ्रिने क्रममा छतबाट खसेर एक जना २४ वर्षका युवाको मृत्यु भएको हो ।

आकाशेपुलबाट फुटबल टिम चढेको खुल्ला बसमा फाल हाल्ने क्रममा घाइते भएकाहरु कोमामा गएका हुन् ।

विजयी उत्सव मनाउने क्रममा समर्थकहरु अराजक बनेपछि प्रहरीले हवाइ फायरसमेत गर्नुपरेको छ ।

केही समर्थर्कले सुरक्षाकर्मीको गाडी नै अपरणसमेत गरेका थिए । समर्थकका कारण थेग्ने स्थिति नै नभएपछि विजयी र्‍याली छोट्याएर खेलाडीलाई हेलिकोप्टरबाट उद्धार गर्नु परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् १९८६ मा दोश्रो पटक विश्वकप जितेको अर्जेन्टिनाले त्यसको ३६ वर्षपछि तेस्रो उपाधि उचालेको थियो । विश्व विजेता टिमको समर्थनमा राजधानी ब्यूनर्स आयर्सको सडकमा ४० लाख मानिस उत्रिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>