Breaking News

घटनाको अनुसन्धान गर्न प्रहरीमा पठाउन ढिलाई गरेकामा अरोमाद्वारा गल्ती स्वीकार

Banner

चितवन, पुस ६–

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको घटनालाई प्रहरीमा पठाउन ढिलाई भएकोमा अरोमा इङलिस माविले गल्ती स्वीकार गरेको छ । विद्यालयले मंगलबार एक विज्ञप्ति जारी गरी मंसिर २८ गते भएको घटनाको अनुसन्धान गर्न पीडित र आरोपीलाई प्रहरीमा पठाउन ढिलाई गरेर गल्ती भएको बताएको हो ।

मंसिर २८ गते कक्षा ११ मा पढ्ने केहि छात्रालाई कम्प्युटर ल्याबका शिक्षक रामकृष्ण सुवेदीले यौन दुव्र्यवहार गरेपछि पुस ३ गते आइतबार विद्यार्थीहरुले विद्यालय प्रशासनलाई जानकारी गराएका थिए । विद्यालयले सोहि दिन शिक्षक सुवेदीलाई निश्कासन गरेको दाबी गरेको छ ।

विद्यालयका अध्यक्ष कृष्णप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पिडित र आरोपि पक्षलाई अनुसन्धानको लागि प्रहरीमा पठाउन ढिलाई हुनुमा कमजोरी भएको हामीले महसुस गरेका छौँ । हामी पिडितलाई न्याय र अनुसन्धानले दोषी ठह¥याए आरोपित शिक्षकलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्छमा भन्नेमा संवेदनशिल छौँ ।’

त्यस्तै मंगलबार भएको तोडफोडको घटनाले स्तब्ध बनाएको भन्दै उनले पठनपाठनको वातावरण नबनेसम्म अनिश्चितकालको लागि विद्यालय बन्द हुने बताए । आरोपित शिक्षकलाई प्रहरीले मंगलबार नै नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>