Breaking News

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेः मन्त्री खान कसैको घर धाउँदैनौं

Banner

काठमाडौं, पुस ४-

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने वा नजाने विषयमा पार्टीमा छलफल गरेर मात्र निर्णय गर्ने बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको कार्यक्रममा उनले मन्त्री खान र सरकारमा जान हतार नगर्ने बताएका हुन् ।

हामी मन्त्री खानको लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ । हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुप¥यो भने कारणसहित गर्छौं । कारणसहित जान्छौँ । त्यसमा तपाइँहरु सबै ढुक्क रहन आग्रह गर्छु’ नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उनले भने ।
आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् त्यही अनुसार अघि बढ्ने लिङ्देनले बताए । ‘नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि यो चिन्ता लिनुपर्दैन । हामी सोची, विचारी निर्णय गर्छौ’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>