चितवन विशेष
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको अध्यक्षमा भट्टराई

चितवन, पुस ४–
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान–नेपाल जिल्ला कार्यसमिति चितवनको अध्यक्षमा कृष्णप्रसाद भट्टराई चयन भएका छन् । नारायणगढमा भएको १६औं वार्षिक साधारणसभा एवं ८औं अधिवेशनले भट्टराईको नेतृत्वमा १९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ समिति निवर्तमान अध्यक्ष लोकबहादुर रानाभाट, प्रथम उपाध्यक्षमा वसन्त लामा, द्धितीय उपाध्यक्षमा उपेन्द्र देवकोटा ‘गोर्खाली’, सचिवमा जीवी सुनार, कोषाध्यक्षमा आयुष्मा केसी, सह–सचिवमा विक्रम क्षेत्री, सह–कोषाध्यक्षमा निश्चल मगर चयन भएका छन् ।
यस्तै सदस्यहरुमा रोशन खड्का, दुर्गा बजगाई, दिलकुमार श्रेष्ठ, शक्तिकुमार गोदार, रामकृष्ण दुलाल, अपेक्षा गिरी (मालती), सरिता गुरुङ, अस्मी लामा, मुक्ति सापकोटा, टीकाराम ढकाल र हर्क सिंह गुरुङ चयन भएका छन् । नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।
अधिवेशनको प्रमुख अतिथिमा प्रतिष्ठानका केन्द्रीय संस्थापक अध्यक्ष अम्मर बिरही रहेका थिए । यस्तै विशिष्ट अतिथिमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रिता थामा मगर, प्रतिष्ठानका चितवन संस्थापक अध्यक्ष शान्त कुमार पिया, केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश अधिवेशन संयोजक दीपक खड्का, बागमती प्रदेश अध्यक्ष बासु सिंखडा, नवलपुरका अध्यक्ष गंगा पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लोक दोहोरी क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका पुराना दुई जना कलाकार रोशन खड्का र शारदा सापकोटालाई सम्मान गरिएको निवर्तमान अध्यक्ष लोकबहादुर रानाभाटले जानकारी दिए । साधारणसभामा सचिव जीवी सुनारले कार्यप्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष उपेन्द्र देवकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।




























