खेलकुद

भरतपुरको सप्तगण्डकी क्याम्पसमा अन्तर कलेज भलिबल प्रतियोगिता सुरु, २४ टिमको सहभागिता

Banner

पुजा ढकाल

चितवन, पुस ३-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा आजबाट भलिबल प्रतियोगिता सुरु भएको छ ।

अखिल क्रान्तिकारी सप्तगण्डकी  क्याम्पस एकाइले सहिदको स्मृतिमा अन्तर कलेज भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

बाग्मती प्रदेशका यातायात तथा श्रम रोजगार मन्त्री घनश्याम दाहालले उद्घाटन गरेको भलिबल प्रतियोगिताको उद्घाटन खेल सप्तगण्डकीका प्रध्यापकहरुले खेलेका थिए । क्याम्पस एकाइ समितिका सचिव विकसित ढकालका अनुसार २४ टिम सहभागी प्रतियोगिताको आज पहिलो दिन बेलुका ४ः३० बजे सम्म पाँच खेल भएको थियो । जसमा पहिलो खेलमा नेपाल पोलिटिक इन्सिच्युट र भरतपुर माविले खेलेका थिए । उक्त खेलमा भरतपुर माविलाई हराउँदै नेपाल पोलिटेक्निक इन्सिच्युट फाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै दोस्रो खेलामा कलेज अफ हेल्थ साइन्स र वीरेन्द्र क्याम्पस (बी) भिडेको थियो र यस खेलमा कलेज अफ हेल्थ साइन्स विजेता भयो । तेस्रो खेलमा सप्तगण्डकी क्याम्पस (ए) र प्रेरणा क्याम्पस भिड्दा सप्तगण्डकीे (ए) विजयी भयो । त्यसैगरी बालकुमारी क्याम्पस र अंकुरम एकेडेमीबीच भएको अर्काे खेलमा अंकुरमले जित हात पारेको थियो भने सप्तगण्डकी क्याम्पस (बि) र बिरेन्द्र क्याम्पस (ए) भिड्दा वीरेन्द्र क्याम्पस (ए) ले जित हात पारेको ढकालले जानकारी दिए ।

आजदेखि सुरु भएको खेल पुस ५ गते समापन हुने भए पनि टिम दर्ताको संख्या सोचे भन्दा धेरै भएकोले खेल पुस ६ गते सम्म चल्ने अनुमान गरिएको छ । त्यस्तै यस खेलमा प्रथम हुनेलाई ट्रफी, ४० हजार राशी र द्वितीय हुने टिमलाई ट्रफी र २० हजार राशीको व्यवस्था गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>