Breaking News
तनहुँको आँबुखैरेनीमा सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध
०

चितवन, पुस ३-
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ।
आज बिहान सडक चौडा गर्ने क्रममा पुलनजिकसडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको छ । ‘सडकमा ठूलो खाल्डो परेको छ। पृथ्वीराजमार्ग अवरूद्ध छ,’ उनले भने, ‘खुलाउने प्रयास भइरहेको छ, अहिले स–साना गाडीहरू पास भइरहेका छन्।’
खाल्डोमा माटो राखेर पुरेर सडक पुनः सञ्चालनमा ल्याइने उनले बताए । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























