चितवन विशेष

नारायणगढको चित्र कथा बुटिकले दीक्षान्त समारोह गर्दै

Banner

प्रतिमा कुमाल,

चितवन,पुस ३-

चितवनको नारायणगढस्थित हङकङ बजारमा रहेको चित्र कथा बुटिक एण्ड ट्रेनिङ सेन्टर तथा एकेडेमीले दीक्षान्त समारोह गर्दै छ । आगामी माघ १२ गते १४ जना डिजाइनरलाई दीक्षित गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

भरतपुरको बाइपास सडकमा रहेको स्वाद सदन पार्टी प्यालेसमा दीक्षन्त समारोह हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । एकेडेमीले विगतमा आफ्नै कार्यालयमा डिजाइनरलाई दीक्ष्ँित गर्दै आएको थियो । सार्वजनिक रुपमा यो पहिलो दीक्षान्त समारोह रहेको एकेडेमीकी प्रमुख अनिता तामाङले बताउनुभयो । दीक्षान्त समारोहले डिजाइनरको भविष्यमा मुख्य भूमिका खेल्ने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘बुटिक भनेको के हो भन्नेमा अझै मानिसलाई द्विविधा छ । यसको माग पनि बढीरहेको छ । यसरी समारोह गर्दा सबैलाई चिन्न र बुझ्न सहज हुन्छ । जसले डिजाइनरको करियरलाई एकदमै सहयोग पुग्छ ।’ एकेडेमीका प्रशिक्षक विजन बुढाथोकीले समारोहमा प्रत्येक डिजाइनरको तीन वटा डिजाइन प्रस्तुत गरिने जानकारी दिनुभयो । दीक्षान्त हुन लागेका १४ जनाले तीन–तीन वटा आफ्नो डिजाइन प्रस्तुत गर्नेछन् । ‘प्रस्तुत हुने डिजाइनमा जाडो मौसममा आधारीत डिजाइन, नेपाललाई झल्काउने र डिजाइनरको क्रियटिभिटीमा आधारीत हुने छ’, उहाँले भन्नुभयो ।

कोरियोग्राफर सलिन श्रेष्ठले प्रत्येक डिजाइनरको लागि एक जना मोडल तयारी अवस्थामा रहेको बताउनुभयो । उनीहरुबाटै डिजाइनरको डिजाइन प्रस्तुत गरिने उहाँको भनाइ छ । दीक्षित हुन लाग्नुभएकी निशाना चौधरीले बुटिक कपडा सिलाउनु मात्रै नरहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘म पहिला सिलाइ बुनाइको काम गर्थेँ । नयाँ नयाँ डिजाइन मलाई बनाउन आउँदैनथ्यो । सिलाइ बुनाइको नाममा पुराना अरुले डिजाइ गरेको सजिलो मात्र आउँथ्यो । बुटिक सिकेपछि अहिले आफै डिजाइन क्रियट गर्छु । बुटिक भनेको बपडा सिलाउनु मात्र होइन रैछ । डिजान क्रियट गर्नु पनि रहेछ । आफ्नो डिजान देखाउन पाउनु रैछ ।’

पाँच वर्षअघि चितवनमा स्थापना भएको यस बुटिकले एक वर्षको कोर्ष दिने गरेको छ । यसलाई १५ महिनामा लग्ने बुटिकको योजना छ । साथै डिजाइन सम्बन्धि छोटो अवधिका कक्षा, क्र्यास कोर्स, एडभान्स कोर्स, ह्यान्ड एम्ब्रोइडरीका सीपमूलक कक्षाहरु पनि यहाँ सञ्चालनमा छन् । अहिलेसम्म ५० जनालाई दीक्षान्त गरेको यस बुटिकबाट निर्माण भएका कपडा बढी अष्ट्रेलिया र अमेरीकामा माग हुने गरेको छ । चित्रकथा बुटिक, बुटिक अफ द इएर २०१८ र पपुलर कोच बुटिक अफ द इएर २०१८ बाट सम्मानित भइसकेको छ । साथै धेरै ब्युटी प्याजेन्टहरुमा उत्कृष्ट सहभागिता जनाउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>