समाचार

नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना गर्न ललितपुर महानगरपालिकासँग बालेनको प्रस्ताव

Banner

काठमाडौं, पुस २-

काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् ।

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले सहकार्य अनिवार्य रहेको धारणा राखे ।

‘ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धी युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु’ उनले कार्यक्रममा भने, ‘त्यसका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सहकार्य गरेर गर्नसक्छ ।’

नेवाः सभ्यताको अभिलेखीकरणका लागि पनि यो काम महत्वपूर्ण हुने भन्दै मेयर साहले विश्वविद्यालयका माध्यमबाट यहाँका कला कौशल अन्तर्राष्ट्रियकरण गर्न सकिने धारणा राखे । ‘हाम्रा बाजाहरुलाई डिग्रीको कोर्समा समावेश गर्नसक्छौं । नेवाः सभ्यताभित्र धेरै पक्षहरु छन्, सम्पूर्णलाई मान्छेले पढुन् । नयाँ पुस्ताले त्यो कुरालाई सिक्न पाउन् भन्ने चाहना पनि छ’ उनले भने ।

दुवै महानगरपालिकाले गर्नुपर्ने अर्को महत्वपूर्ण काम वागमतीको स्थायी सरसफाइ हुनुपर्ने पनि मेयर साहले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>