चितवन विशेष

शिक्षा क्षेत्रमा भएको शुल्क वृद्धि फिर्ता गर्न लोकतान्त्रिक विद्यार्थी संघको माग

Banner

चितवन, मंसिर २९-

शिक्षा क्षेत्रमा पछिल्लो समय भएको शुल्क वृद्धि फिता गर्न लोकतान्त्रिक विद्यार्थी संघले माग गरेको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै उच्च शिक्षा तथा माध्यमिक शिक्षा संघ नेपाल (हिसान) चितवनले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गरेको हो ।

संघले सार्वजनिक गरेको विज्ञप्तिमा हिसान चितवनले कुनै पनि विज्ञेप्त नै जारी नगरी २० प्रतिशत भन्दा बढी मूल्य वृद्धि गराएको उल्लेख गरिएको छ । उक्त गैर जिम्मेवारीपूर्ण कार्य प्रति ध्यानकर्षण गर्दै २४ घण्टा भित्र खारेज गर्न संघले माग गरेको छ । त्यस्तै उक्त शुल्क वृद्धि फिर्ता नगरे त्यसबाट हुने सामाजिक, आर्थिक, राजनीतिक, भौतिक सम्पूर्ण क्षतिको जिम्मेवारी पनि स्वयम् हिसान र सम्बन्धित सरोकारवालाले नै लिनु पर्ने संघले बताएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>