Breaking News

हुस्सुका कारण भरतपुरको उडान प्रभावित

Banner

चितवन, मंसिर २९-

हुस्सुका कारण कम भिजिबिलिटी हुँदा भरतपुर विमानस्थलको उडान प्रभावित भएको छ ।

कम्पनीहरुले यसबारे यात्रुलाई सूचित गरेका छन् । भरतपुर विमानस्थलमा बिहान सबेरै हुने उडान आज बिहान ११ बजेर १० मिनेटबाट मात्र सुचारु भएको छ । भरतपुर विमानस्थलका प्रमुख दिपक विकले कुहिरोले गर्दा उडान ढिला गरी सुरु भएको बताए । उनले भने, ‘ बिहान ७ बजेबाट सुरु हुने उडान आज बिहान ११ बजेर १० मिनेट जादा सुरु भएको छ । हुस्सु लाग्ने मौसममा यस्तै हो । कहिलेकाहीँ दिउँसोसम्म पनि अवरुद्ध हुन सक्छ ।’

एयरलाइन्सहरुले हुस्सुले प्रभावित विमानस्थलमा उडान गर्ने यात्रुले विमानस्थल आउनुअघि कम्पनीमा सम्पर्क भनिएको छ । बुद्ध एयरले समेत यसबारे यात्रुलाई सूचित गराएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>