Breaking News

अनुगमन टोलीले सिजिआरको प्रतिवेदन आज तयार गर्ने

Banner

चितवन, मंसिर २९–

चितवन गार्डेन रिसोर्ट (सिजिआर) शिल गरेको अनुगमन टोलीले आज प्रतिवेदन तयार गर्दै छ । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा मंगलबार गएको अनुगमन टोलीले सिजिआरको दुई वटा किचनमा शिल गरेको थियो । सिजिआरमा बिहे भोज खाएका करिब २०० जना विरामी भएपछि शिल गरेर अनुसन्धान गरिएको हो ।

बिहे भोज खाएर विरामी भएकाहरु नेशनल सिटी हस्पिटलमा उपचार गराएका हुन् । अस्पतालले दिएको विरामीको रिपोर्ट अनुसार प्रतिवेदन तयार हुने सहायक प्रजिअ शर्माले बताए । आज अनुसन्धान प्रतिवेदन तयार गरेर प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुझाउने उनले बताए ।

सांसद रवि लामिछानेको उपस्थितीमा अनुगमन टोलीले सिजिआरमा शिल गरेको थियो । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारी, स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकाल, उपभोक्ता अधिकार संरक्षकर्मी विष्णु भुसाल लगायतको सहभागीता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>