चितवन विशेष

बिहे भोज खाँदा बिरामी प्रकरणः भरतपुरकी मेयर दाहालसहितको टोलीले गर्‍यो रिसोर्टमा अनुगमन

Banner

चितवन, मंसिर २७–

चितवनको भरतपुरमा बिहे भोज खाएका दुई सय बढी बिरामी परेपछि भरतपुर महानगर र जिल्ला प्रशासन कार्यालयले होटलको अनुगमन गरेको छ ।

नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका थिए । घटना पश्चात आज भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल, वडा अध्यक्ष मनोज रानाभाट, वडा सदस्यहरुलगायतको टोलीले होटलमा पुगेर अनुगमन गरेको हो । महानगर प्रमुख दाहालले सबै निकायबाट प्रतिवेदन तयार भइरहेको भन्दै दोषी ठहर भएर कारवाही गर्ने बताइन् ।

होटलका प्रवन्ध निर्देशक जनार्दन रिजालले गल्ती स्वकार गर्दै बिरामीहरुलाई एउटा अस्पतालमा उपचारको लागि व्यवस्थापन गरिएको भन्दै अन्य पक्ष बारे सोधखोज भइरहेको बताए । यस्तै आजै जिल्ला प्रशासन कार्यालयले पनि होटलमा निरीक्षण गरेको छ । बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ ।

यसैबीच सो रिसोर्टमा आज साँझ शील लगाईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>