चितवन विशेष
फेन्सी व्यवसायी संघ चितवन सम्मानित

चितवन, मंसिर २६-
उद्योग वाणिज्य संघको ५६ औँ वार्षिक साधारणसभाको अवसरमा फेन्सी व्यवासयी संघ चितवन सम्मानित भएको छ ।
संघले यसवर्षको उत्कृष्ट वस्तुगत संघ भनेर फेन्सी व्यवसायी संघलाई सम्मान गरेको हो ।
कार्यक्रम संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष सिरिष पन्तका अनुसार संस्थाको सदस्य संख्या, भौतिक पूर्वाधार विकास, संघमा आवद्धता तथा कार्यक्रममा देखाएको सहभागिता, सामाजिक उत्तरदायित्व, आर्थिक स्रोत परिचालन, सचिवालय व्यवस्थापनलगायतको मूल्यांकनको आधारमा फेन्सी व्यवसायी संघलाई सम्मान गरिएको हो । उद्योग वाणिज्य संघमा हाल ३५ वटा वस्तुगत संघ आवद्ध छन् ।
मोवाइल एप सार्वजनिक
उद्योग वाणिज्य संघ चितवनले पहिलोपटक मोवाइलएपमार्फत संघको हरेक गतिविधि सार्वजनिक गर्ने प्रयास गरेको छ ।
संघको ५६औँ वार्षिक साधारणसभाको अवसरपारेर सोमबार उद्योग वाणिज्य संघको ‘सीसीआईसीएप’ सार्वजनिक गरिएको हो । संघ मातहतको वस्तुगत संघ ‘कम्प्युटर एशोसिएसन महासंघ नेपाल चितवन’सँगको सहकार्यमा निर्माण गरिएको एपमार्फत संघको हरेक गतिविधि आमसर्वसाधारणले समेत थाह पाउने कार्यक्रम एप निर्माण संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओलीले जानकारी दिए । उक्त एपबाट संस्थाको नयाँ सदस्यता वितरण, सदस्यता नविकरण, सूचनाप्रवाह, व्यवासायिक बजार प्रवद्र्धनलगायतका संस्थागत फाइदा हुने उनले बताए ।
‘उद्योग वाणिज्य सन्देश’ सार्वजनिक
संघले ५६ औँ वार्षिक साधारणसभाको अवसरमा विगतकावर्षजस्तै यसवर्ष पनि ‘उद्योग वाणिज्य सन्देश’ नामक विशेष बुलेटिन–२०६९ प्रकाशन गरेको छ ।
संस्थाले गरेको हरेक गतिविधिलाई संस्थाका सदस्यसम्म पु¥याउने लक्ष्यसहित बुलेटिन प्रकाशन गरिएको बुलेटिन प्रकाशन समितिका संयोजक विज्ञानलाल श्रेष्ठले जानकारी दिए । उक्त बुलेटिन सोमबार उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको हो ।
























