Breaking News

संघदेखि स्थानीय सरकार एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन: अध्यक्ष माधव नेपाल

Banner

काठमाडौं, मंसिर २५-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न नसक्ने बताउनुभएको छ।

आज गाउँपालिका राष्ट्रिय महासंघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै संघदेखि स्थानीय सरकार एकले अर्कालाई दोष दिएर मुलुक नबन्ने बताउनुभएको हो । उहाँले तीनै तहका सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तीन तहका सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यसैले सरकारले आफूलाई समीक्षा गरे अगाडि बढ्नुपर्छ । एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>