चितवन विशेष

नेपथ्यको लाइभ कन्सर्ट हुनुअघी ‘वे’ ग्रुपद्वारा क्याम्पाचौरको सरसफाई

Banner

चितवन, मंसिर २५-

नेपथ्यको लाइभ कन्सर्ट हुनुअघी ‘वे’ ग्रुपले क्याम्पाचौर सरसफाई गरेको छ । मानवसेवा आश्रमको आयोजनामा आज साँझ कन्सर्टको आयोजना गरिएको छ । हप्ताको एकदिन एकछिन समाजको लागि’भन्ने नारा सहित स्थापना भएको बिहान ‘वे’ गु्रपले सरसफाई गरेको संस्थाका संयोजक भोजनारायण कँडेलले जानकारी दिनुभयो । उहाँले मानव सेवा आश्रमको कार्यक्रममा आफुहरु सहभागि हुन पाएकोमा खुसी लागेको बताउनुभयो ।

‘वे’ ग्रुपले भरतपुरको विभिन्न ठाउँबाट कन्सर्टको टिकट बिक्री गरेर समेत मानवसेवा आश्रमलाई सहयोग गर्दै आएको छ । जिल्लाको चौबिसकोठी, सहिदचोक र नारायणी नदी किनारमा टिकट काउन्टर राखेर सहयोग गरिएको गु्रपका सदस्य शालिकराम आचार्यले जानकारी दिनुभयो । वे ग्रुपले कन्सर्टको दिन आज स्वयंसेवकको भूमिका निर्वाह गर्नेछ ।

सडक पेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले ‘कन्र्सट’ आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>