Breaking News

चितवन आएर रविले भने-रास्वपामा विवाद हुनु गज्जब छ

Banner

चितवन, मंसिर २२-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवाद गज्जब भएको बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै बढी मत आएकाहरुलाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा गरेको विरोध गज्जब भएको प्रतिक्रिया दिएका हुन् ।

लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भने, ‘मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>