चितवन विशेष

प्रेस चौतारी चितवनको सचिवमा ध्रुवराज खनाल

Banner

चितवन, मंसिर २२-

प्रेस चौतारी चितवनको सचिवमा ध्रुवराज खनाल चयन भएका छन् ।

प्रेस चौतारी चितवनको बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले सहसचिव रहेका खनाललाई चौतारीको सचिव चयन गरेको हो ।

जिल्ला सचिव रहेका मुुकुन्द भुसालले पदबाट दिएको राजिनामा स्वीकृत गर्दै खनाललाई सचिवको जिम्मेवारी प्रदान गरिएको हो । खनाल पूर्वी चितवनलाई कार्य क्षेत्र बनाएर सक्रिय पत्रकारिता गर्दै आएका छन् । उनी बिगतमा कायाकैरन दैनिक र अहिले चितवन पोष्ट दैनिकका सम्वाददाता हुन् ।

यस्तै चौतारीको बैठकले गत कात्तिक ४ गते प्रेस चौतारी चितवनको भवन निर्माण सहयोगार्थ आयोजना गरेको वृहत् चौतारी साँझ कार्यक्रमलाई भब्यतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने मुख्य प्रयोजक, प्रयोजक, टिकट लिएर सहयोग गर्ने तथा विभिन्न ठाउँबाट महत्वपूर्ण योगदान गर्ने सबैलाई धन्यवाद दिएको चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए ।

यस्तैं बैठकले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा एमालेको तर्फबाट चितवन क्षेत्र नं. १ को प्रदेश क्षेत्र (क) बाट निर्वाचित केन्द्रीय सदस्य जगन्नाथ थपलिया तथा चितवन क्षेत्र नं. २ को (क) बाट निर्वाचित इच्छाकामना गाउँकमिटीका अध्यक्ष कृष्ण सिलवाललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । बैंठकले प्रेस चौतारी चितवनको भबन निर्माणको कार्यलाई अगाडि बढाउन थप प्रक्रिया अघि बढाउने निर्णय गरेको अध्यक्ष पण्डितले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>