चितवन विशेष

चितवन–१ का सांसद ढकालले भेटे कुलमान घिसिङलाई, बिजुलीको समस्याबारे ध्यानाकर्षण

Banner

चितवन, मंसिर २१-

चितवन– १ का सांसद हरि ढकालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरेका छन् ।

भेटमा एउटा पोलसमेत नपुगेको वडामा ५ महिना भित्र वडाका सबै ठाउँमा बिजुली पु¥याउने विषयमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराएका हुन् ।

ढकालले वडा न. १३ निवासी नागरिकलाई बिजुलीसँगै अन्य सुविधाहरु पनि समयमै उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताएका छन् । ढकालले निर्वाचन परिणाम सार्वजनिक हुने बित्तिकै आफूले कामको थालनी एक भोट पनि नआएको राप्ती १३ बाट सुरु गर्ने उद्घोष गरेका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>