Breaking News

प्रहरी साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा चितवनका युवा पक्राउ

Banner

चितवन, मंसिर २०-

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा चितवनका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय साइबर व्युरोले आज प्रेषित गरेको विज्ञप्ति अनुसार पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–५ झुवानीटोल बस्ने १८ वर्षीय युवक करण महतो रहेका छन् ।

महतोले साइबर ब्यूरोको नक्ककली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले उक्त पेजको दुरूपयोग गरेको ब्युरोले जनाएको छ । पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतले पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>