चितवन विशेष
चितवनमा आज एकैदिन डेँगुका १० संक्रमित थपिए
०

चितवन, मंसिर २०–
चितवनमा बिगत २४ घण्टामा डेँगुका १० संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकाका तीन जना, खैरहनी नगरपालिकाका पाँच जना,राप्ती नगरपालिकाको एक जना र ठेगना नखुलेको एक जना गरी १० जनामा संक्रमण देखिएको हो ।
साउन १ गतेदेखि आजसम्म चितवनमा १२ हजार ६७२ जनाको परीक्षण गर्दा तीन हजार १८८ जना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअवधिमा चितवनमा ६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६५१ जना अन्य जिल्लाका छन् भने ३२१ जनाको ठेगना नखुलेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























