चितवन विशेष

भरतपुरको जयबुद्ध अस्पतालको अध्यक्षमा पुनः जगतबहादुर गुरूङ चयन

Banner

चितवन, मंसिर १८-

जयबुद्ध सामुदायिक अस्पताल प्रालि भरतपुरको अध्यक्षमा पुनः जगतबहादुर गुरुङ चयन भएका छन् ।

शनिबार सम्पन्न अस्पतालको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले अध्यक्षमा पुनः जगतबहादुर गुरुङलाई चयन गरेको हो ।
अधिवेशनले अस्पतालको सञ्चालक समितिमा पुनः पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो । जस अनुसार उपाध्यक्षमा तुलाराम गुरुङ, सचिवमा बुद्धिबहादुर गुरूङ र कोषाध्यक्षमा घमानसिंह थापालाई चयन गरेको छ ।

यस्तै सदस्यहरूमा हेमराज आले र विमलादेवी गुरूङ चयन भएका छन् भने अस्पतालका प्रबन्ध निर्देशकमा डा सिवी पुनलाई पुनः चयन गरिएको छ । बाँकी दुई जना सदस्य भने पछि चयन गर्नेछ । साधारण सभा तथा अधिवेशनमा अध्यक्ष जगतबहादुर गुरुङ, सचिव बुद्धिबहादुर गुरूङ, कोषाध्यक्ष घमानसिंह थापा र प्रबन्ध निर्देशक डा सिवी पुनले अस्पतालको वार्षिक प्रतिवेदन पेस गरेका थिए । त्यसैगरी, कार्यक्रममा दुई जना ज्येष्ठ नागरिक शेयर सदस्यलाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>