Breaking News

राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ : रवि लामिछाने

Banner

चितवन, मंसिर १८–

राजमार्गमा गुणस्तरीय शौचालय नहुँदा यात्रुहरुले अनेक कठिनाई भोग्नुपरेको छ । विशेषगरी सार्वजनिक गाडीमा चड्ने र त्यसमा पनि महिलाहरुलाई धेरै नै अफ्ठ्यारो पर्ने गरेको छ । यस्तो किसिमको समस्यालाई मध्येनजर गर्दै राजमार्गमा १२ वटा गुणस्तरिय रेस्ट एरिया बनाउने काम अघि बढेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेले राज्यलाई एकदमै कम भार पर्नेगरी दु्रत गतिमा १२ वटा रेस्ट एरिया बनाउने काम अघि बढेको बताएका छन् । यसले विशेषगरी महिलाहरुले वर्षाैँदेखि भोग्दै आएको असहजताको अन्त्य हुने उनले बताएका छन् ।

उनले आइतबार फेसबुकमा लेख्दै भनेका छन्–हाम्रो राजमार्गमा ढंगका शौचालय छैनन्। दिशा पिसाब गर्न छिर्दा वान्ता समेत आउँछ। विशेषगरि महिला दिदिबहिनीहरुलाई अत्यन्त गार्‍हो हुने गरेको छ। यसलाई मध्यनजर गर्दै हाल लाई १२ वटा गुणस्तरीय रेस्ट एरिया बनाउने सन्दर्भमा राज्य लाई अत्यन्तै कम भार पर्ने गरि द्रुत गतीमा काम अगाडि बढेको छ । महिलाहरुले वर्षौ भोगेको असहजताको अन्त्य गर्न हामी प्रतिवद्द छौ। प्रचार होइन अपडेट गरेको।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>