कृषि

भरतपुर महानगरले व्यवसायिक मत्स्य फार्मको विद्युत् महशुलमा ५० प्रतिशत अनुदान दिने

Banner

चितवन, मंसिर १४-

भरतपुर महागरपालिकाले व्यवसायिक मत्स्य कृषकको लागि विद्युत् महशुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

महानगरले आफ्नो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई बृद्धि गर्ने लक्ष्य लिएको हो ।

महानगरपालिकाको आर्थिक वर्ष २०७९\२०८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत व्यवसायिक मत्स्य फर्मको विद्युत् महशुलमा ५० प्रतिशत अनुदान कार्यक्रम समावेश गरिएको छ ।

यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्साहन गर्न सहयोग पु¥याउने महानगरले अपेक्षा लिएको छ । आवेदन दिनको लागि भरतपुर महानगरपालिकाको वेभसाइट वा कृषि महाशाखामा सम्पर्क गर्नुपर्ने छ । महानगरपालिकाले यस अघि दूध उत्पादनमा अनुदानलगायतको विभिन्न अनुदानका कार्यक्रहरु सञ्चालन गर्दै आइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>