Breaking News
प्रचण्ड सरकार निर्माणबारे छलफल गर्न छोरी रेनु र गंगासहित ‘सुकुटे’ मा

सिन्धुपाल्चोक, मंसिर १४
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरीहरु भरतपुर महानगरकी मेयर रेनु दाहाल र गंगा दाहालसहित सुकुटे पुगेका छन् ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा सरकार निर्माणबारे छलफल गर्न र रिफ्रेसमेन्टका लागि प्रचण्ड सुकुटे पुगेका हुन् ।
अध्यक्ष प्रचण्डसँग सभामुख अग्निप्रसाद सापकोटा सहित उनको परिवारका सदस्यहरू सुकुटे पुगेका प्रचण्डले निर्वाचनमा सोचेजस्तो परिणाम नआएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । प्रचण्डको टोलीलाई सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले स्वागत गरेका थिए ।
अध्यक्ष दाहालको पारिवारिक भ्रमण मात्रै रहेको निजी सचिवालयले जानकारी दिएको छ। अध्यक्ष दाहाल ले आगामी सरकारको नेतृत्वको सवालमा निकट्स्ठहरुसँग छलफल गर्ने स्रोतको दाबी छ । दाहाल सुकुटे स्थित सुकुटे बीच रिसोर्टमा बसेका छन्।
























