Breaking News
एमालेलाई निषेध गर्न खोजे पनि जनताले अनुमोदन गरेः सुवास नेम्वाङ
०

काठमाडौं, मंसिर १२-
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले केही राजनीतिक दलले एमालेलाई निषेध गर्न खोजे पनि जनताले अनुमोदन गरेको बताएका छन् ।
इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि इलामबाट काठमाडौं आउँदा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले लोकतन्त्रमा निषेधको राजनीति स्वीकार नहुने बताएका हुन् । यो निर्वाचनको मतपरिणामले संविधान कार्यान्वयन गर्न थप सहज हुने उनले बताए ।
उनले सरकार गठनमा सबै दलसँग छलफल गरेर अघि बढ्ने बताएका छन् । निर्वाचनले सबै दलहरूलाई मिलेर अघि बढ्नुपर्ने सन्देश दिएको बताएका छन् । जनताले कसैलाई पनि बहुमत नदिएर सबै दल मिलेर देश निर्माणमा जुट्न जनादेश दिएको नेम्वाङले बताए । उनले देश निर्माणमा सबै जुट्न आह्वान गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























