Breaking News

चितवनमा डेंगु संक्रमणबाट ६ जनाको ज्यान गयो, चिसो बढेसँगै डेंगु संक्रमण घट्यो

Banner

पुजा ढकाल

चितवन, मंसिर ११-

चितवनमा पछिल्लो समय डेंगु संक्रमण घट्दै गएको छ ।

चिसो मौसम सुरु भएसँगै जिल्लामा डेंगु संक्रमण घट्दै गएको हो ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार आज आइतबार जिल्लामा दुई जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाका १\१ जना रहेका छन् । तर हिजो भने जिल्लामा ६ जनामा संक्रमण पुष्टि भएको थियो । जुन तथ्यांक एक महिना अगाडिको तुलनामा धेरै कम हो ।

भरतपुर अस्पतालका बरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले सुख्खा र चिसो मौसम सुरु भएसँगै डेंगु संक्रमण कम भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ जाडो मौसमसँगै लामखुट्टेको टोकाई कम हुन्छ । लामखुट्टेको बासस्थान पनि हराउँदै जान्छ । जसले गर्दा डेंगु संक्रमण पनि कम देखिन्छ ।’ यस वर्ष चितवनमा १२ हजार ४२७ जनाको नमुना परीक्षण गर्दा तीन हजार १५२ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ८७५ पुरुष, ६९८ महिला, खैरहनी नगरपालिकाका ८६ पुरुष, ८७ महिला, माडी नगरपालिकाका १९ पुरुष, १९ महिला रहेका छन् । त्यस्तै रत्ननगर नगरपालिकाका १५३ पुरुष र ९६ महिला, राप्ती नगरपालिकाका ५६ पुरुष र ४२ महिला, कालिका नगरपालिकाका २४ पुरुष र २६ महिला रहेका छन् । त्यस्तै इच्छाकामना गाँउपालिका चार पुरुष र १० महिला रहेका छन् । चितवनमा ठेगाना नखुलेका ३१६ र ६४१ जना अन्य जिल्लाका रहेको तथ्यांकमा उल्लेख छ । यस वर्ष मात्रै डेंगु् संक्रमणबाट चितवनमा ६ जनाको मृत्यु भएको छ ।

डेंगु भनेको के हो ?

डेंगु लामखुट्टेबाट फैलने भाइरल इन्फेक्सन हो । यो एडिस जातको लामखुट्टेकोे टोकाइबाट लाग्ने गर्छ । यद्यपि यो भाइरस मानिसको शरीरमा १० दिनभन्दा बढी जीवित रहन सक्दैन । तर, जब डेंगूको संक्रमणले गम्भीर रुप लिन्छ, तब रक्तस्रावी ज्वरो (डेंगू हेमोरेजिक फिभर) हुने खतरा हुन्छ । यसमा धेरै रगत बग्ने, रक्तचापमा अचानक गिरावट आउने र बिरामीको मृत्युसम्म हुने सम्भावना हुन्छ ।

डेंगुका लक्षण

डेंगु हल्का या गम्भीर दुवै खालको हुनसक्छ । यसको लक्षण पनि अलग–अलग देखिन्छ । खासगरी बालबालिका र किशोरहरुमा माइल्ड डेंगु हुँदा कैयौंपटक लक्षण देखिँदैन ।

संक्रमित भएपछि डेंगूका हल्का लक्षण चारदेखि सात दिनभित्र देख्नि सुरु हुन्छ । १०४ सम्म ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी हड्डी र जोर्नीमा दुखाइ हुर्ने, बान्ता आउने, जिउ दुख्ने, आँखामा दुख्ने, छालमा रातो धब्बा देखिने गर्छ । त्यस्तै गम्भीर अवस्थामा रगतमा प्लेटलेट्स कमी हुन्छ । जस्मा तीव्र पेट दुखाई, लगातार बान्ता हुने, नाकबाट रगत बग्नु, पिसाब, दिसा र बान्तामा रगत देखिनु, श्वास फेर्न गारो हुने, थकान महसुस हुने आदि जस्ता लक्षण देखिन्छ ।

डेंगु संक्रमणको उपचार:

डेंगुको कुनै खास औषधि उपलब्ध छैन । त्यसैले पर्याप्त मात्रामा स्वच्छ पानी तथा झोलिलो पदार्थ पिउनुपर्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>