Breaking News

भरतपुरकी मेयर दाहालले बिक्रम पाण्डेलाई भनिन्ः हाम्रो सधैं साथ रहनेछ

Banner

चितवन, मंसिर १०-

प्रतिनिधिसभा सदस्य चितवन–३ मा निर्वाचित विक्रम पाण्डेलाई भरतपुर महानगर प्रमुख रेनु दाहालले बधाई दिएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजना भएको प्रमाणपत्र वितरण कार्यक्रममा राप्रपाका उपाध्यक्ष पाण्डेलाई प्रमुख दाहालले बधाइ दिएकी हुन् ।
सँगसँगै प्रदेशसभा सदस्य चितवन ३(१) बाट निर्वाचित राप्रपाका ज्ञानजंग लामा र ३(२) बाट निर्वाचित माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाललाई समेत बधाई एवम् शुभकामना दिएकी छन् । यसैक्रममा मेयर दाहालले जनताको अभिमतलाई सम्मान गर्दै कार्यकाललाई सफल बनाउन सुझाव दिइन् ।

‘विजयी हुनुभएकोमा हार्दिक बधाई छ पाण्डेलाई खादा लगाउँदै उनले भनिन्, ‘राम्रोसँग कार्य गर्नुहोला, हाम्रो सधैं साथ रहेछ ।’ शुक्रबार राति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे नौ हजार २३३ मतान्तरले निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डा भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>