राजनीति
मतगणना नसकिँदै पाल्पामा पहिलो पटक ठाकुर गैरेको जित सुनिश्चित
०

पाल्पा, मंसिर ९-
पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित सुनिश्चित बनाएका छन् । मतगणाना जारी रहेपनि सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे ४ हजार २९३ मतान्तरले गैरे भन्दा पछाडि छन्।
पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेले २७ हजार २८८ प्राप्त गरेका छन्। गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २२ हजार ९९५ मत पाएका छन्।
त्यस्तै अब यस क्षेत्रको कुल ४४ वडामध्ये ३ वटा वडामा मात्रै मतगणना गर्न बाँकी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























