राजनीति
एमाले नेता शेरधनलाई पराजित गर्दै किराँतीले भने- विजय जुलुस र भोजभतेर गर्ने पैसाले जनताको घरमा जस्ता हाल्छु
०

काठमाडौँ, मंसिर ९-
प्रदेश १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका माओवादी केन्द्रका नेता सुदन किराँतीले विजय जुलुस र भोजभतेर नगर्ने बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भोजभतेर र विजय जुलुस निकाल्ने पैसाले फुसको घर जस्ता हाल्ने बताएका हुन् ।
किराँती निर्वाचित भएको अन्तिम मत परिणाम बिहीबार साँझ सार्वजनिक भएको हो । उनले नेकपा एमालेका प्रभावशाली नेता तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका छन् ।
त्यस्तै उनले शेरधनलाई २ हजार ३८५ मतले पराजित गरेका हुन् । किराँतीले २८ हजार ५७८ मत प्राप्त गर्दा राईले २६ हजार १९३ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























