राजनीति
धादिङ-१ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी
०

काठमाडौं, मंसिर ९-
धादिङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डे ३५ हजार ९ सय ३४ मतसहित निर्वाचित भएका हुन्।
यहाँ उनले नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई हराएका हुन्। त्रिपाठीले २७ हजार ९ सय ५३ मत ल्याएका छन्। पाण्डेले सात हजार ९ सय ८१ मतान्तरले जितेका हुन्।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार चार सय ७५ मत ल्याएका छन्। मंगोल नेशनल अर्गनाइजेशनका सुमन तामाङले ८८२ मत ल्याएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























