राजनीति
हारेर विजय र्यालीमा निस्केका महेश बस्नेतले भनेः जनताले हामीलाई मिस गर्ने परिस्थिति निर्माण नहोस्
०

काठमाडौं, मंसिर ८-
भक्तपुर-२ मा हारलाई सहजरुपमा स्वीकारे गर्दै एमालेका चर्चित नेता महेश बस्नेत आज ‘विजयर्याली’ मा सहभागी भएका छन् । विजयी उम्मेदवारकै शैलीमा अविर माला लगाएर बस्नेत पार्टीका प्रदेश उम्मेदवारको विजय मनाउन तथा आफूलाई मत हाल्ने मतदाताहरुलाई धन्यवाद दिन र्यालीमा सहभागी भएका हुन् ।
र्यालीका क्रममा सञ्चारमाध्यमसँग कुरा गर्दै बस्नेतले एमालेविरुद्ध ६-७ वटा पार्टी एकजुट भएर आएपछि प्रतिस्पर्धा कठीन भएको बताए । त्यस्तै विजयी उम्मेदवार दुर्लभ थापालाई शुभकामना दिए उनले भने, ‘एक-दुई महिनामा जनताले हामीलाई मिस गर्ने परिस्थिति निर्माण नहोस् ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























