राजनीति

स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको हो, यो ठूलो कुरा होइनः ओली

Banner

झापा,मंसिर ८-

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा स्वतन्त्र पार्टी उदाउनु मामुली कुरा भएको बताएका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहणका लागि बिहीवार दिउँसो झापा ओर्लिएका ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भने,‘ स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको हो, यो ठूलो कुरा होइन ।’

एमाले नेता देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली प्रमाणपत्र ग्रहण गरेपछि दमक नगरपालिकामा आयोजना हुने विजय जुलुसमा सहभागी बन्ने छन् । शुक्रबार कमल, गौरादह र गौरीगञ्जलगायतका गाउँपालिकामा आयोजना हुने कार्यक्रममा उनी सहभागी हुने बताइएको छ । स्थापनाको हिसाबले सबैभन्दा कान्छो पार्टीका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय राजधानीमै ठूला भनिएका पार्टीहरूलाई धक्का दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>