चितवन विशेष
देवी ज्ञवालीलाई पराजित गर्दै चितवन–२ ‘ख’ मा कांग्रेसका उत्तम जोशी विजयी
०

चितवन, मंसिर ८-
चितवन–२ ‘ख’ प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार उत्तम जोशी विजयी हुनुभएको छ ।
जोशीले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गर्नुभएको हो । पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जोशीले १३ हजार ३०६ मत ल्याउनुभएको छ भने ज्ञवालीले १२ हजार ७४४ मत ल्याउनुभएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका जगदिश्वर अधिकारीले सात हजार ६०८, नेपाल सुशासन पाटीका केदारराज पन्तले एक हजार ४९४ मत ल्याउनुभएको छ । अन्य १० जना उम्मेदवारहरुले एक हजार मत पनि कटाउन सकेका छैनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























