काठमाडौँ
काठमाडौँ–५ प्रदेश (२) मा कांग्रेसका खड्का निर्वाचित
०
काठमाडौँ, मंसिर ८-
काठमाडौँ क्षेत्र नं ५ को प्रदेश (२) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार खड्काले नौ हजार सात सय ३१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत ऋतबहादुर पुलामीमगरले जानकारी दिनुभयो ।
निर्वाचित खड्का नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का क्षेत्रीय सभापतिसमेत हुनुहुन्छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार दीपक निरौलाले आठ हजार चार सय पाँच मत प्राप्त गर्नुभएको छ । पराजित निरौला नेकपा (एमाले) काठमाडौँका जिल्ला अध्यक्ष एवं निवर्तमान बागमती प्रदेशका सदस्य हुनुहुन्छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>