Breaking News

चितवन २ मा रवि लामिछाने निर्वाचित हुने सुनिश्चित

Banner

चितवन, मंसिर ८–

चितवन क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने सुनिश्चित भएको छ । अब गन्न बाँकी सबै मत अन्य उमेदवारलाई गएपनि उनको जित निश्चित भइसकेको छ । यद्यपी सबै मत अन्य उमेदवारलाई मात्र जानु असम्भव छ । कति मतान्तरले जित्छन् भन्ने यकिन हुन भने अन्तिम मतपरिणाम नै कुर्नुपर्ने हुन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार चितवन २ मा ६९ हजार ५८० मत गनिसक्दा २५ हजार भन्दा बढी मतले रविले अग्रता लिइरहेका छन् । रविले ३९ हजार २०० मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ मत ल्याएका छन् । रवि २५ हजार ६९७ मतान्तरले अगाडि छन् । अब १४ हजार ७३५ मत मात्रै गन्न बाँकी छ । चितवन २ मा ८४ हजार ३१४ मत खसेको थियो ।

एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७२ मतसहित तेस्रो स्थानमा छन् । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पोखरेल यहि क्षेत्रबाट निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>