Breaking News

चितवनमा बलात्कारपछि महिलाको हत्या, दुई जना प्रहरी नियन्त्रणमा

Banner

चितवन, मंसिर ७-

चितवनमा बलात्कार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गोरखा सिरानचोक स्थायी ठेगना भएर अहिले भरतपुर महानगरपालिका–२ तिनखोले बस्ने २३ वर्षीय सन्दिप गुरूङ र सोही स्थानका विजय परियार पक्राउ परेका हुन् ।

चितवन प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मंसिर ४ गते निर्वाचनको मतदानका दिन बिहान ६ बजे तिर भरतपुर महानगरपालिका–२ दुर्गामन्दिर चोकको प्रतिक्षालय पछाडि हाट बजार लाग्ने कम्पाउण्डसहितको चौरमा ५५\६० वर्षको महिलाको शव फेला परेको थियो । शवको अवस्था हेर्दा हत्या गरेको आशंका बढेपछि प्रहरीले स्थानीयसँग सोधपुछ गर्दै ती ठाउँमा जडान भएका सीसी क्यामेराका फुटेज हेरेर घटनामा संलग्न भएका हुन् सक्ने व्यक्तिको पहिचान गरेको थियो ।

सीसीटीभी फुटेजको आधारमा प्रहरीले पहिला सन्दिपलाई नियन्त्रणमा लिएपछि उनको बयानको आधारमा विजयलाई भरतपुरको क्षेत्रपुरबाट नियन्त्रणमा लिएको डीएसपी पण्डितले बताउनुभयो । उपलब्ध विभिन्न प्रमाणहरूलाई अध्ययन गर्दा दुईजनाले महिलालाई जबर्जस्ती करणी गरेको र पछि ढुंगाले हानेर हत्या गरेको डीएसपी पण्डितको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>