राजनीति
पर्साबाट प्रदेशसभामा स्वतन्त्रका जयसवाल र कांग्रेसका क्षेत्री विजयी
०

वीरगञ्ज, मंसिर ७-
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट स्वतन्त्र र (२) बाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जयसवालले नेकपा एमालेका अब्दुल रहिम अन्सारी (मञ्जुर) लाई पराजित गरेका हुन् । जयसवालले ७ हजार ३ सय ८१ मत पाउँदा अब्दुलले ५ हजार ९ सय ३० मत पाए ।
कांग्रेसका जनार्दन सिंह क्षेत्रीले जनता समाजवादी पार्टी (जसपा) की नेतृ मधु गुप्तालाई पराजित गरेका हुन् । क्षेत्री नेपाली काँग्रेस पर्साका सभापति हुन् । क्षेत्रीले १० हजार १ सय ७२ मत ल्याउँदा मधुले ७ हजार ४९६ मत पाइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























